Logo
Logo

नेपाल-पाकिस्तान मैत्री टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न


441
Shares

काठमाडौं । नेपाल-पाकिस्तानमैत्री टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा भएको एघारौं संस्करणको क्रिकेट प्रतियोगिता हिजो आइतबार सकिएको हो ।

The current image has no alternative text. The file name is: pakistan-nepal.jpg

गत माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा पाकिस्तान दूतावाससहित नेपालका विभिन्न क्लब तथा ग्लोबल आइएमई बैंक गरी एक दर्जन टोली सहभागी भएका थिए । प्रतियोगिताको विजेता बालुवाटार क्रिकेट एकेडेमी बनेको हो ।

यस्तै, पाकिस्तान दूतावास टोली उपविजेता बनेको छ । समापन समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीले विजेता टोली, उत्कृष्ट खेलाडीलगायतलाई ट्रफी, पदक तथा नगद पुरस्कारसहित सम्मान गरे ।

उनले यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सन् २०२७ मा हुने १२ औं संस्करणमा १६ टोलीलाई सहभागी गराउनेसमेत घोषणा गरेका छन् ।

साथै, विजेता टोलीसहित सहभागी सम्पूर्णलाई बधाई दिँदै सहयोगी साझेदार ग्लोबल बैंक, फिल्ली क्याफे, प्रत्यक्ष प्रशारण साझेदार एक्सन टिभी र डिश होमलगायतप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्