काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगिताका तिनै खेलमा हार बेहोरेको छ ।

मङ्गलवार सम्पन्न खेलमा नेपाल भारत ए सँग ७ विकेटले पराजित गरेको हो । नेपालले दिएको ७९ रनको लक्ष्य पछाएको भारत ए ले ७.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा अल आउट हुँदै ७८ रन बनाएर अल आउट भएको थियो ।
नेपाल प्रतियोगितामा यसअघि युएईसँग १८ रनले पराजित भएको थियो भने पाकिस्तान ए सँग ३० रनले पराजित भएको थियो । योसँगै नेपाल प्रतियोगिताबाट जित विहीन हुँदै बाहिरिएको छ ।












