Logo
Logo

पाकिस्तानमैत्री क्रिकेट प्रतियोगिता सम्पन्न, विजेता बन्यो बालुवाटार


189
Shares

काठमाडौं । बालुवाटार क्रिकेट एकेडेमी नेपाल–पाकिस्तानमैत्री टी–२० क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा बालुवाटार क्रिकेट एकेडेमी विजेता बनेको हो । पाकिस्तान दूतावास टोली उपविजेता बनेको छ ।

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा गत माघ २५ गतेदेखि सुरु भएको एघारौं संस्करणको प्रतियोगितामा पाकिस्तान दूतावाससहित नेपालका विभिन्न क्लब तथा ग्लोबल आइएमई बैंक गरी एक दर्जन टोली सहभागी भएका थिए ।

समापन समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीले विजेता टोली, उत्कृष्ट खेलाडीलगायतलाई ट्रफी, पदक तथा नगद पुरस्कारसहित सम्मान गरे ।

उनले यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सन् २०२७ मा हुने १२ औं संस्करणमा १६ टोलीलाई सहभागी गराउनेसमेत घोषणा गरेका छन् ।

साथै, विजेता टोलीसहित सहभागी सम्पूर्णलाई बधाई दिँदै सहयोगी साझेदार ग्लोबल बैंक, फिल्ली क्याफे, प्रत्यक्ष प्रशारण साझेदार एक्सन टिभी र डिश होमलगायतप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्