Logo
Logo

टी-२० विश्वकप : यी हुन् सुपर-८ मा पुग्ने टिम


63
Shares

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा पुग्ने सबै ८ टिमको टुङ्गो लागेको छ ।

बुधवार भएको खेलमा नामिबियालाई पराजित गर्दै पाकिस्तानले सुपर-८ मा स्थान बनाएसँगै समीकरण पूरा भएको हो । पाकिस्तानसँगै समूह ए बाट भारतले सुपर-८ मा स्थान बनाएको छ । भारतले आफ्नो अन्तिम खेलमानेदरल्यान्ड्ससँग खेलेको थियो । भारत ८ अङ्क सहित अपराजित रहँदै सुपर ८ मा पुगेको हो । 

समूह बीबाट श्रीलङ्का र जिम्बाबेले सुपर-८ मा पुगेका छन् । बलियो टोली अस्ट्रेलिया समूह चरणमै बाहीरिएको छ । समूह चरणका खेलेमा श्रीलङ्का र जिम्बाबेसँग पराजित भएको अस्ट्रेलियाले आयरल्यान्डलाई भने हराएको थियो । उसले ओमानसँग खेल्न बाँकी छ । यद्यपि मात्र २ अङ्क भएको अस्ट्रेलियाले ओमानविरुद्ध जित निकाले पनि जिम्बाबेभन्दा एक अङ्कले पछि पर्नेछ । ओमान अङ्कविहीन छ ।  

समूह सीबाट वेस्ट इन्डिज र इंल्यान्डले सुपर-८ मा पुगेका छन् । तीनै खेलमा जित निकालेको वेस्ट इन्डिजले इटलीसँग खेल्न बाँकी छ । यहीँ समूहबाट चार खेलमा ६ अङ्क जोड्दै इंल्यान्डले पनि अघिल्लो चरणमा स्थान बनाएको छ  । स्कटल्यान्ड, नेपाल र इटली भने समूह चरणमै रोकिएका छन्  । नेपाल र स्कटल्यान्डले समान २ अङ्क जोडेका छन् । २ अङ्क नै भएको इटलीले वेस्ट इन्डिजसँग खेल्न बाँकी छ । नेपालले यो विश्वकपमा स्कटल्यान्डलाई हराउँदै जितको खडेरी तोड्यो । नेपालले विश्वकपमा १२ वर्षपछि पहिलो जित निकाल्यो ।  

समूह डीबाट साउथ अफ्रिका र न्युजिल्यान्डले सुपर-८ मा स्थान बनाएका छन् । चारै खेल जित्दै साउथ अफ्रिका ८ अङ्कसहित शीर्ष र तीन खेलमा जित निकाल्दै न्युजिल्यान्ड ६ अङ्कसहित दोस्रो स्थानमा रहेर सुपर एटमा प्रवेश गरेका हुन् । यो समूहबाट अफगानिस्तान, यूएई र क्यानाडा बाहिरिए । समूह चरणको आफ्नो अन्तिम खेल क्यानाडासँग बाँकी रहँदा अफगानिस्तानको २ अङ्क छ । यूएईले पनि एक खेल जितेको छ ।  क्यानाडाले भने तीन खेलमा अङ्क जोड्न सकेको छैन । सुपर-८ का खेलहरू शनिवारदेखि सुरु हुनेछन् । पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्डबीच खेल हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्