काठमाडौं । आज जारी टी-२० विश्वकपको समूह चरणको अन्तिम खेल हुँदै छ । आज समूह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुँदै छ । श्रीलङ्काको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुने छ ।

अस्ट्रेलिया र ओमान दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फरक पार्ने छैन । समूह बी बाट श्रीलङ्का र जिम्बाबे सुपर आठमा पुगिसकेका छन् भने आयरल्याण्ड, अस्ट्रेलिया र ओमान बाहिरिएका छन् । अस्ट्रेलियाले यसअघि श्रीलङ्का र जिम्बाबेसँग हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो भने ओमानले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
आज समूह चरणका सबै खेल सकिएपछि शनिवारदेखि सुपर आठका खेल हुने छन् ।











