Logo
Logo

काठमाडौंका मेयरको इज्ज्वत जोगाउँदा सयौँ भोकै, रोकियो निःशुल्क खाना वितरण


- दृष्टि न्युज/संवाददाता

1.3k
Shares

काठमाडौं, १७ कार्तिक । कोरोना महामारीका कारण समस्यामा परेका गरिब तथा असाहय व्यक्तिहरुलाई टुँडिखेलमा मनकारीहरुले निःशुल्क खाना वितरण गर्दै आएका थिए । तर, अब त्यहाँ खाना वितरण रोकिने भएको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भइरहेको निःशुल्क खाना वितरणमा रोक लगाएको हो ।
महानगरले खुलामञ्चमा निःशुल्क खाना वितरण हुँदा आफ्नो बेइज्जत भएको भन्दै रोक लगाएपछि दैनिक सयौँ जना अब भोका हुने भएका छन् । सामाजिक अभियन्ताहरुले चलाएको निःशुल्क खाना अभियानलाई महानगर प्रहरीले रोकेको छ । केही दिनदेखि नगर प्रहरीले खाना वितरणमा अवरोध गर्दै आएको थियोे ।
महानगरका प्रमुख विद्या सुन्दर शाक्यको आदेश भन्दै महानगर प्रहरीले खाना वितरण रोक्न भनेको अभियन्ताहरुले बताएका छन् । नजिकै फोहोर भएको र खुला चौरमा खाना खुवाउँदा सरकारको बेइज्जत भएको महानगरको ठहर छ । तर, महानगनरले गरिब र बेरोजगारहरुको भोका पेटको पनि ख्याल गरेको छैन । कोरोना संक्रमणका कारण दैनिक ज्याला मजदूरी समेत गुमाएर भोकै भएकाहरुले टुँडिखेलमा छाक टार्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्