
काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका छन् ।
क्रिकेटर केसी र पत्रकार बस्नेतले लामो समयको प्रेम–सम्बन्धलाई फागुन ८ गते विवाहमा परिणत गरेका हुन् । दुवैले सामाजिक सञ्जालमार्फत विवाहको तस्वीर सार्वजनिक गर्दै लगनगाँठो कसेको जानकारी दिएका हुन् ।
यसको जानकारी आज मात्रै सार्वजनिक गरेका छन् । उनीहरूले अग्रेजी नयाँ वर्षमा इन्गेजमेन्ट गरेको बताएका थिए ।











