Logo
Logo

टी-२० विश्वकपको सुपर आठका अन्तिम दुई खेल आज हुँदै


252
Shares

काठमाडौं । आज जारी आइसीसी टी-२० विश्वकपको सुपर आठका अन्तिम दुई खेल हुँदै छन् । सुपर आठको समूह १ का दक्षिण अफ्रिका र जिम्बाबे तथा भारत र वेस्ट इन्डिजबीच आज खेल हुँदै छ ।

The current image has no alternative text. The file name is: CWC1770308805.jpg

आज पहिलो खेल भारतको दिल्लीमा दक्षिण अफ्रिका र जिम्बाबेबीच नेपाली समय अनुसार दिउसो ३स् १५ बजेदेखि हुँदै छ । दक्षिण अफ्रीका यस समूहबाट सेमिफाइनलमा पुगिसकेको छ भने जिम्बाबे सेमिफाइनलको दौडबाट बाहिरिइसकेकोले यस खेलको नतिजाले कुनै प्रभाव भने पार्ने छैन ।

त्यस्तै दोस्रो खेल यसै समूहका भारत र वेस्ट इन्डिजबीच भारको कोलकोताको इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७स् १५ बजेदेखि हुनेछ ।

यो खेल दुवै देशका लागि जित्नै पर्ने अवस्था रहेको छ । दुवैले २-२ खेलमा एक एक खेल जितेर २-२ अङ्क हासिल गरेका छन् र रनरेटको आधारमा वेस्ट इन्डिज दोस्रो स्थानमा रहेको छ । वर्षाले खेल हुन नसके वा अन्य कारणले खेल रद्ध भएर अङ्क बाँड्नुपर्ने अवस्था आएमा वेस्ट इन्डिज सेमिफाइनलमा पुग्ने छ भने भारतका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्