
काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २७ अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार हिजो आइतबार २७ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् । यस्तै, सोही दिन ७१ अन्तर्राष्ट्रिय उडान भने सफलतापूर्वक सम्पन्न भएका छन् ।
अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि शैन्य कारबाही सुरु गरेपछि उत्पन्न भएको तनावका कारण केही गन्तव्यतर्फका उडानहरू प्रभावित भएका छन् । यद्यपि, अन्य गन्तव्यका उडान सञ्चालन नियमित रूपमा जारी रहेको विमानस्थल कार्यालयले स्पष्ट पारेको छ ।











