Logo
Logo

इरानका सर्वोच्च नेता खामेनीकी श्रीमतीको पनि मृत्यु


882
Shares

काठमाडौं  । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको दुई दिनपछि उनकी श्रीमती मन्सुरेह खोझस्तेह बघेरजादेहको पनि निधन भएको छ ।

खामेनीको हत्या गर्ने अमेरिकी र इजरायली आक्रमणमा दुई दिनअघि मन्सुरेह घाइते भएकी थिइन् । इरानी सञ्चारमाध्यमले उपचारका क्रममा सोमबार मन्सुरेहको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्सुरेहले १९६४ मा अयातोल्लाह अली खामेनीसँग विवाह गरेकी थिइन्, त्यतिबेला खमेनी एक युवा धार्मिक नेता थिए । १९४७ मा मशहदमा जन्मिएकी मन्सुरेह एक धार्मिक परिवारबाट आएकी थिइन् । उनका बुबा अयातोल्लाह मोहम्मद बाघेर खोझस्तेह मशहदका एक प्रमुख धार्मिक नेता थिए ।

प्रतिक्रिया दिनुहोस्