काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि शङ्कास्पद वस्तु फेला परेको छ । मङ्गलवार बिहान जिल्ला प्रशासन कार्यालय अगाडि रहेको रोटरीस्तम्भ छेउमा शङ्कास्पद वस्तु फेला परेको हो ।

शङ्कास्पद बस्तु भेटिएपछि नेपाली सेनाको टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय बनाएको छ । सोमबार राति शङ्कास्पद वस्तु भेटिएपछि प्रहरीले सो क्षेत्रमा सतर्कता अपनाएको थियो । मङ्गलवार बिहान सेनाको टोलीले नष्ट गरेको हो ।
त्रास फैल्याउने उद्देश्यले माटोको भाडोमा वस्तु राखेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति ९ बजेतिर एउटा इलेक्ट्रिक साइकलमा आएर राखेको जनाएको छ।











