
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपेडामा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान सडक छेउमा शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ ।
शंकास्पद वस्तु फेला परेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको छ ।
नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्क्रिय पार्ने तयारी गरेको छ । सोमबारै रौतहटको राजपुर नगरपालिका–६ मा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको थियो ।
नारायण दल गुल्मले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा १–१ वटा बम डिस्पोजल तथा गौर चन्द्रपुर सडक क्षेत्रका लागि छुट्टै एक टोली परिचालन गरेको सेनाले जनाएको छ ।











