Logo
Logo

भारतले लगातार दोस्रोपटक जित्यो विश्वकपको उपाधि


567
Shares

काठमाडौं‌ । आइसीसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ । गुजरातको अहमदावादमा भएको फाइनलमा न्युजील्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो । भारतले लगातार दुईपटक आइसीसी टी९२० उपाधि जितेको हो ।

The current image has no alternative text. The file name is: india-1.jpg

२५६ रनको विजयी लक्ष्य पाएको न्युजील्यान्ड १९ ओभरमा १५९ रन बनाएर अलआउट भए । न्युजील्यान्डका लागि टिम सेइफर्टले सर्वाधिक ५२ रन बनाए। त्यस्तै कप्तान मिचेल स्यान्टनरले ४३ र डेरिल मिचेलले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि अभिषेक शर्मा र सन्जु सामसनले आक्रामक सुरुवात गरेका थिए । यो जोडीले पावरप्लेमै ९२ रनको साझेदारी गरेको थियो । भारतका लागि सामसनले सर्वाधिक ८९ रन बनाए भने अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए ।

त्यस्तै इशान किसनले ५४, हार्दिक पाण्डेले १८ रन बनाउँदा तिलक बर्मा ८ र शिवम दुबे २६ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्