काठमाडौं । सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो ।

पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । अब ४० मिनेटपछि मात्रै कारोबार खुल्ने छ ।
दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक २८४८ अङ्कमा पुगेको छ । यो बेलासम्म बजार १३५ अङ्क बढेको हो । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजार प्रभावित भएको छ ।











