Logo
Logo

चुनावी परिणामको प्रभाव सेयर बजारमा, लाग्यो तेस्रो सर्किट


441
Shares

काठमाडौं । सेयरबजार तेस्रो पटक पनि सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ । नेप्से सूचक ६ प्रतिशतको वृद्धि भएसँगै आजका लागि बन्द भएको हो । 

चुनावपछिको पहिलो कारोबारमा बजारमा लगातार तेस्रो पटकसम्म सर्किट लागेको हो । कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको थियो । 

त्यसपछि पुन ११ बजेर २१ मिनेटमा पुन ५ प्रतिशतले नेप्से बढेर बजारमा दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो ।

तेस्रो पटक १२ बजेर १ मिनेटमा खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको हो । यो अवधिमा ५१ करोडको मात्रै कारोबार भएको छ भने २५२ वटाको मूल्य बढेको छ।

फागुन २१ गतेको निर्वाचन पछि देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको हो ।

यसअघि पनि बालेन प्रधानमन्त्री बन्ने चर्चाले नै बजारलाई बढाउन सहयोग पुगेको थियो । निर्वाचनपछि उनी प्रधानमन्त्री बन्ने सम्भावना बढेसँगै त्यसको सकारात्मक प्रतिक्रिया बजारले देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्