Logo
Logo

नेपालमा कोरोना : ३६ हजार १७४ सक्रिय संक्रमित, २९ हजार ८३६ होम आइसोलेसनमा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २४ कार्तिक । सोमबारसम्म काठमाडौँ उपत्यकामा मात्रै ९० हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय संक्रमित देखिएका छन् ।
देशभर एक लाख ९७ हजार २४ संक्रमित हुँदा उपत्यकामा ९० हजार १५५ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यसमा काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा ६ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना संक्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।
देशभर ३६ हजार १७४ सक्रिय संक्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना रहेका छन् । काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन । यस्तै, देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा मात्र ७० हजार ३५६ जना रहेका छन् । तीमध्ये काठमाडौँ जिल्लामा ५६ हजार ९४६, भक्तपुरमा पाँच हजार ३८३ र ललितपुरमा आठ हजार २७ जना निको भई घर फर्किएका छन् । देशभर कूल निको हुने दर ८१ प्रतिशत रहेको छ ।
देशभर एक हजार १२६ जना संक्रमणबाट निधन भएकोमा उपत्यकामात्र ४१५ जना रहेका छन । तीमध्ये काठमाडौँ जिल्लामा २७५ जना, भक्तपुरमा ७२ र ललितपुरमा ६८ जना रहेका छन् । अहिलेसम्म काठमाडौँ जिल्लामा ११ हजार ६५१ जना, भक्तपुरमा एक हजार ८१४ जना र ललितपुरमा एक हजार ८३१ जना आइसोलेसनमा रहेका छन् ।
अहिले देशभर ३६ हजार १७४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको सघन उपचार कक्ष (आईसीयू) र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ ।
देशभर सोमबार थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १७७ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुष गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोमबार कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्