Logo
Logo

सेयर बजारमा ठूलो गिरावट: नेप्से ४६ अंकले घट्दा कारोबार पनि घट्यो


252
Shares

काठमाडौं । बुधबार सेयर बजार फेरि ओरालो लागेको छ। नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर गिरावट आएको थियो ।

The current image has no alternative text. The file name is: Share-market-down.jpg

यसअघि सोमबार सकारात्मक सर्किट लागेर २८७५ अंकसम्म पुगेको बजार त्यसयताका दुई कारोबार दिनमा करिब ७९ अंकले घटेको छ।

आज ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि उल्लेख्य रूपमा खुम्चिएको छ। अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३८ प्रतिशतले घटेर १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।

समूहतर्फ सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ, जसको सूचक ३.४ प्रतिशतले घट्यो । त्यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशतले घटेका छन् ।

आज दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको ९।३३ प्रतिशत र रिडी पावरको ५।७२ प्रतिशतले वृद्धि भएको छ ।

गिरावटतर्फ भने कालिका पावरको शेयर मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले घटेको छ । पञ्चकन्या माइ हाइड्रोपावर ५.७७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर ५।३७ प्रतिशत तथा ट्रेड टावर ४.४७ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप परेका छन् ।

प्रतिक्रिया दिनुहोस्