Logo
Logo

कारोबारसहित बढ्यो सेयर बजार


441
Shares

काठमाडौँ । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।

The current image has no alternative text. The file name is: Share-Lagani.jpg

आज ३३५ कम्पनीको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ०२ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव २८, वित्त एक दशमलव ३०, जलविद्युत एक दशमलव १० र लगानी एक दशमलव १४ प्रतिशतले बढेको छ ।

त्यसैगरी जीवन बीमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव २७ र म्युचुअल फण्ड शून्य दशमलव ४८ प्रतिशतले बढेको छ ।

सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै भन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्