Logo
Logo

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा सन्दीप लामिछाने ‘अनसोल्ड’ 


189
Shares

काठमाडौं । इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् ।

The current image has no alternative text. The file name is: sandeep.jpg

सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका थिए । विदेशी खेलाडीको कोटा पूरा भइसक्दासम्म उनको नाम अक्सनमै आएन । अन्तिम चरणमा टिमलाई खेलाडी रोज्‍न दिइएको भएपनि उनलाई कुनै पनि टिमले लिन इच्छुक देखिएनन् ।

सन्दीप यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा १ लाख पाउन्डमा अनुबन्ध भएका थिए । यद्यपी कुनै खेल भने खेलेका थिएनन् । 

प्रतिक्रिया दिनुहोस्