Logo
Logo

फागुनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ह्वात्तै घट्यो


441
Shares

काठमाडौं । फागुन २०८२ मा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई प्रतिबद्धता मात्र ३८ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ, जुन माघसम्मको ४० अर्ब २८ करोडभन्दा अत्यन्त कम हो ।

The current image has no alternative text. The file name is: FDI.jpg

उद्योग विभागका अनुसार, चालु आर्थिक वर्ष साउनमा सबैभन्दा धेरै २० अर्बभन्दा माथि एफडीआई प्रतिबद्धता आएको थियो । तर २३-२४ भदौको जेन-जी आन्दोलनपछि लगानी घट्न थालेको हो । फागुनमा यो न्यूनस्तरमा झरेको विभागले जनाएको छ ।

फागुनसम्म कुल ५ सय ५४ कम्पनी दर्ता भएका छन् । यसमा ५ सय ३७ साना, ८ मझौला र ८ ठूला उद्योग रहेका छन् । दर्ता भएका कम्पनीमध्ये करिब ५५ प्रतिशत सूचना प्रविधिमूलक उद्योग हुन् ।

गत वर्ष २०८१ फागुनमा १७ अर्ब ७९ करोड एफडीआई प्रतिबद्धता आएको थियो, जसअनुसार फागुनसम्म कुल ४४ अर्ब ६६ करोड लगानी स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्