Logo
Logo

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको छैन ।

यसअघि बसेको कार्यसम्पादन बैठकपछि नेताहरूले अब बस्ने बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । उक्त बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्