Logo
Logo

जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट भागेका १२०० कैदी अझै फरार


315
Shares

काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका करिब १२०० कैदीबन्दी अझै फरार रहेको छ ।

The current image has no alternative text. The file name is: jail.jpg

केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीका अनुसार, “भदौ २४ गते बिहानसम्म कारागारमा ३,८८० कैदीबन्दी थिए । त्यो दिन ३,५१७ कैदीबन्दी फरार भए । अधिकांश फिर्ता भइसके पनि करिब १,२०० अझै फरार छन् ।” हाल कारागारमा ३,३१३ कैदीबन्दी रहेका छन् । यसमा १,९२० कैदी र १,४९३ थुनुवा छन् । प्रशासनका अनुसार, केन्द्रीय कारागारमा १,७४९, भद्र जेलमा १,२५० र महिला जेलमा ३१४ कैदीबन्दी छन् ।

जेनजी आन्दोलनका क्रममा कारागारमा सामान्य क्षति मात्र भएको र कारागारभित्रका पाँचवटै भवन सुरक्षित रहेको हुँदा, कैदीबन्दीलाई फिर्ता ल्याउन सहज भएको कारागार प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्