Logo
Logo

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते


315
Shares

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नं को पिकअप जीप बागलुङ नगरपालिका–४ रातमाटास्थित मध्यपहाडी लोकमार्गमा आज भएको हो ।

The current image has no alternative text. The file name is: jeep.jpg

दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र सोही ठाउँका २२ वर्षीय करण सहनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।

उहाँका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते सबैलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पठाइएको पाण्डेले बताए । उनले भने, “घाइतेहरूको उद्धार गरेर अहिले अस्पतालमा लिएका छौँ, गाडीमा सवार सबै यात्रु घाइते हुनुभएको छ, दुर्घटनाको खबर पाउँदा साथ प्रहरी खटिएर उद्धार गरेको हो ।”

प्रतिक्रिया दिनुहोस्