Logo
Logo

जय ट्रफी : पुलिसलाई २२७ रनको लक्ष्य


504
Shares

काठमाडौं । जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेटको उपाधि जित्न नेपाल पुलिस क्लबले २२७ रनको लक्ष्य पाएको छ । तेस्रो तथा अन्तिम दिनको खेल जारी रहँदा त्रिभुवन आर्मी क्लबले पुलिसलाई २२७ रनको लक्ष्य दिएको हो ।

The current image has no alternative text. The file name is: jay-trophy.jpg

मुलपानी क्रिकेट मैदानमा जारी फाइनल खेलको पहिलो इनिन्समा दुवै टिमले समान २२१ रन बनाएका थिए । दोस्रो इनिन्समा आर्मीले ७४ ओभर २ बल खेल्दै २२६ रन बनाएको हो ।

जवाफी ब्याटिङ थालेको पुलिसले २५ रन जोड्दा एक विकेट गुमाएको छ । पुलिसका ओपनर अमित श्रेष्ठ कुनै पनि रन नजोडी आउट भए । ओपनर दिनेश खरेल ११ र रसिद खान १० रनमा अविजित छन् । 

प्रतिक्रिया दिनुहोस्