काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राराको भ्रमण गरेकी छन् । कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्की सेनाको हेलिकोप्टरमार्फत् सुर्खेत हुँदै मुगु भएर रारा पुगेकी हुन् ।

प्रतिनिधिसभा निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरू सहित कर्णाली भ्रमणमा निस्किएकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले मुगुमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने तयारी गरेकी उनले देशकै ठूलो उच्च हिमाली ताल रारामा पर्यटन, पूर्वाधार र संरक्षणबारे प्रत्यक्ष जानकारी लिएकी छन् ।
सो क्रममा उनले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिइन् ।











