काठमाडौं । विश्व ह्यापिनेस इन्डेक्स २०२६ सार्वजनिक भएको छ । जस अनुसार फिनल्याण्ड लगातार नवौँ वर्ष विश्वको सबैभन्दा खुसी देशको स्थानमा रहेको छ ।

१४७ देशहरूमध्ये शीर्ष स्थानमा रहेको फिनल्याण्डपछि दोस्रो स्थानमा आइसल्याण्ड रहेको छ भने डेनमार्क तेस्रो, कोस्टा रिका चौथो, स्विडेन पाँचौं, नर्वे छैटौं, नेदरल्याण्डस सातौं, इजरायल आठौँ, लक्जेम्बर्ग नवौँ र स्वीट्जरल्याण्ड दशौँ स्थानमा रहेको छ ।
यस सूचीमा अस्ट्रेलिया १५औँ स्थानमा छ भने अमेरिका २३औँ स्थानमा रहेको छ । त्यस्तै बेलायत २९औँ स्थानमा छ भने सिंगापुर ३६औँ स्थानमा छ । त्यसैगरी जापान ६१औँ स्थानमा छ भने चीन ६५औँ स्थानमा रहेको छ । त्यस्तै रसिया ७९औँ स्थानमा छ भने नेपाल ९९औँ स्थानमा रहेको छ ।
यस सूचीमा छिमेकी मुलुक भारत ११६औँ स्थानमा छ भने पाकिस्तान १०४औँ स्थानमा रहेको छ । यस सूचिको पुछारमा अफगानिस्तान रहेको छ ।
फिनल्याण्ड जस्ता देशहरूको खुशी राम्रो आर्थिक अवस्था, समान स्रोत वितरण, बलियो कल्याणकारी प्रणाली र राम्रो जीवनस्तरलाई श्रेय दिइएको छ । रिपोर्टका अनुसार, अत्यधिक सामाजिक सञ्जालको प्रयोगले धेरै देशका युवाहरूको खुशी र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वहरूका आधारमा विश्व खुसी प्रतिवेदनले यस पटक १४७ देशहरूलाई क्रमबद्ध गरेको छ ।
विश्व ह्यापिनेस इन्डेक्स अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले संयुक्त राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्क, ग्यालपसँगको साझेदारीमा प्रकाशित गर्ने गरेको छ ।











