Logo
Logo

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने


504
Shares

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग ३ विषयमा परामर्श गरेको छ ।  सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बिहीबार दिउँसो ३ कसेको बैठकमा नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते दिउँसो २ बजे गर्ने तय गरेको छ । शपथका लागि तोकिएको मितिभन्दा अघिल्लो दिन आएर शपथको व्यहोरासम्बन्धी फारम भरेर बुझाइदिन सचिवालयका तर्फबाट दलहरूलाई आग्रह गरिएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरी जानकारी दिए । 

उनका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ, संसदीय दलको व्यवस्थापन र सांसदहरूलाई अभिमुखीकरणका विषयमा परामर्श गरिएको हो । 

सचिवालयले दलका कार्यालय कहाँ रहने भन्ने जानकारी दिएर दलका प्रतिनिधिहरूलाई त्यो कार्यालयमा रहने सचिवालयका कर्मचारीहरूसँग समन्वय गराइदिएको छ । 

परामर्श छलफलमा दलका प्रतिनिधिहरूले सांसदहरूलाई अभिमुखीकरणको आवश्यकता रहेको बताएका थिए । त्यो अभिमुखीकरण कार्यक्रम सचिवालयले थप परामर्श गरेर निक्यौल गर्ने जानकारी गराइएको प्रवक्ता गिरीले बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, कांग्रेसका तर्फबाट मोहन आचार्य, एमालेका तर्फबाट गुरु बराल तथा नेकपाका तर्फबाट रमेश मल्ल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्