काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सेना नपठाउने बताएका छन् । अमेरिका-इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले इरानमा सेना नपठाउने बताएका हुन् ।

ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यस्तो बताएका हुन् । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण सुरु गरेका थिए । जसले विश्वव्यापी ढुवानीमा बाधा पु¥याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।











