Logo
Logo

कानुन व्यवसायीले अन्य आर्थिक उपार्जनबारे पनि सोचौँ : अधिवक्ता भण्डारी


630
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानुन व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्नुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: bahndari.jpg

लामो समयदेखि कानुन पेसामा आबद्ध भण्डारीले हालको समयमा कानुन पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताए । आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महसुस गरेको उनले बताए ।

उनले आफ्ना आज्ञा पालना गर्ने र सल्लाह मान्नेहरू देशको ठूला मन्त्रीदेखि पहिलो महिला प्रधानन्यायाधीशसम्म भएकोमा गर्व व्यक्त पनि गरे । सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई उनले आफ्नो जीवनको एक महत्त्वपूर्ण र खुशीको उपलब्धिका रूपमा चित्रण गरे ।

उनले भने, ‘हामी यो पेशाले मात्रै धन पाउन सक्दैनौँ । यो पेशा अहिले ठगीको पेशा भइसक्या छ । हाम्रो अन्य बाटो पनि पाउनुपर्छ । अर्थ साधन हो, बिना अर्थ केही हुँदैन ।’ 

प्रतिक्रिया दिनुहोस्