Logo
Logo

दाउन्ने खण्डमा राति सवारी चलाउन रोक


567
Shares

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ ।

The current image has no alternative text. The file name is: daunesadk.jpg

आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रवार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको हो ।

आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने भएका छन् । आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्