Logo
Logo

हिन्द महासागरमा इरानको क्षेप्यास्त्र प्रहार, अमेरिकी सैन्य अड्डा निशानामा


2k
Shares

काठमाडौं । इरानले हिन्द महासागरमा रहेको अमेरिकी र बेलायती सैन्य आधार ‘डिएगो गार्सिया’ मा दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । 

The current image has no alternative text. The file name is: iran-6.jpg

इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीका अनुसार यो कदमले इरानको क्षेप्यास्त्रको क्षमता शत्रुले कल्पना गरेभन्दा बढी रहेको देखाउँछ । इरानले प्रहार गरेका दुई मध्यम दूरीका क्षेप्यास्त्रले लक्ष्यमा भने प्रहार गरेनन् । एउटा क्षेप्यास्त्र उडानकै क्रममा असफल भयो भने अर्कोलाई अमेरिकी युद्ध पोतले रोक्ने प्रयास गर्‍यो । यो सैन्य आधार इरानी क्षेत्रबाट करिब चार हजार किलोमिटर टाढा छ । यसको अर्थ इरान अब युरोपसम्म प्रहार गर्न सक्षम भएको देखिन्छ ।

यस घटनाले इरान र अमेरिका बिचको युद्ध अब हिन्द महासागरमा सरेको र भौगोलिक रूपमा विस्तार भएको संकेत गर्छ । केही हप्ता अघि मात्र श्रीलंकाको दक्षिणमा अमेरिकी पनडुब्बीले इरानी युद्धपोत ‘आइरिस डेना’लाई डुबाउँदा ८५ भन्दा बढी सैनिकको मृत्यु भएको थियो । पेन्टागनले इरानी नौसेनालाई समाप्त गर्नु आफ्नो प्राथमिक उद्देश्य रहेको बताएको छ । तेहरानले युद्धलाई फराकिलो बनाउँदै लगेको रूपमा व्याख्या गरिएको छ ।

डिएगो गार्सिया मौरिससको सार्वभौमिकतामा पर्ने चागोस टापुको सबैभन्दा ठुलो टापु हो, जहाँ अमेरिका र बेलायतको सैन्य अखडा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने यस टापुको हस्तान्तरणको विरोध गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्