काठमाडौं । नेकपा एमाले, रोल्पाका नेता शान्तकुमार वलीले केन्द्रीय नेतृत्वको व्यक्तिकेन्द्रित कार्यशैलीप्रति असन्तुष्टि राख्दै पार्टी परित्याग गरेका छन् ।

फेसबुकबाट राजीनामा सार्वजनिक गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । सशस्त्र द्वन्द्वकालमा माओवादीको आधार इलाका मानिने रोल्पामा एमालेको जिल्ला सचिवका रूपमा उनले पार्टीको नेतृत्व गरेका थिए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी प्रचण्डका प्रतिस्पर्धी थिए । २०७४ को स्थानीय निर्वाचनमा त्रिवेणी गाउँपालिका अध्यक्ष जितेका थिए । उनले दिएको राजीनामा आफू स्वतन्त्र जीवनयापन गर्ने उल्लेख गरेका छन् ।











