काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले बागमती प्रदेशलाई २७२ रनको लक्ष्य दिएको छ ।

आइतबार मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएपले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको हो । एपीएफको लागि ओपनर आशिफ शेखले शतकीय इनिङ खेले । उनले १०५ बलमा १४ चौका र ३ छक्कासहित ११४ रन बनाए ।
त्यस्तै, एपीएफका सन्दीप जोराले अर्धशतकीय पारी खेले । उनी ५२ रन बनाए। कप्तान रोहित पौडेल भने ९ रन बनाएर आउट भए । बागमतीको लागि रिजन ढकालले सर्वाधिक ४ विकेट लिए ।











