Logo
Logo

कपिलवस्तुमा निषेधाज्ञा हट्याे, मन्दिर तोडफोड गर्ने ६ जनाविरुद्ध मुद्दा दर्ता


504
Shares

काठमाडौं । कपिलवस्तुमा तीन दिनदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलवार बिहान नौ बजेदेखि निषेधाज्ञा हटाएको हो । महाराजगन्ज नगरपालिका, वडा नं. २ को बर्गदा गाउँमा शनिवार बिहान दुई समुदायबिच भएको विवादले उग्र रूप लिँदै अशान्त बनेपछि दिउँसो २ बजेदेखि महाराजगन्ज नगरपालिकाको विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो ।

अवस्था सहज हुँदै गएपछि शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्दै नागरिकको जीवनयापन सहज बनाउन निषेधाज्ञा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी भबिश्वर घिमिरेले बताए । महाराजगन्ज नगरपालिकाको क्षेत्रमा शनिवार दिउँसो दुई बजेदेखि र कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकाका क्षेत्रमा आइतबार दिउँसो १ बजेबाट भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको थियो । 

गत चैत ७ गते जिल्लाको महाराजगन्ज नगरपालिका-२, बर्दगा गाउँमा दुई समुदायबिच विवाद हुँदा जिल्लाको दक्षिणी क्षेत्र अशान्त बनेको थियो ।

बर्गदा स्थित काली मन्दिरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ६ जनामाथि मुद्दा चलाइएको छ । स्थानीय सलमान खा पठान, मेहतान अहमद धुनिया, अब्दुल अख्तर खा, अजमत अली मुसलमान, राहत हुसेन मुसलमान, माहोम्मद हुसेन मुसलमानमाथी मुद्दा चलाइएको हो । प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले पक्राउ परेका ६ जनामाथि मुद्दा चलाएर कानुनी प्रक्रिया अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्