काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३५६ रनको विशाल लक्ष्य दिएको छ ।

मङ्गलवार माथिल्लो मूलपानी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको हो ।
पुलिसको लागि ओपनर दिनेश खरेल र कप्तान आरिफ शेखले अर्धशतकीय पारी खेले । खरेलले ५२ बलमा ६० रन बनाउँदा शेखले ५० रन बनाए । एपीएफको लागि कमल ऐरी र अमर रोटेल समान २/२ विकेट लिए ।











