Logo
Logo

महाधिवेशनको गाडी हाँकिसके अब पछि हट्दैन् : गगन थापा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब पार्टीको सिङ्गो पङ्क्ति महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । मङ्गलवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको गाडी आफूले हाँकेको र अब त्यो गाडी पछि नहट्ने जिकिर गरे ।

The current image has no alternative text. The file name is: gagagagaga-1.jpg

अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा राख्न नहुने पनि बताए ।
एउटा विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो । त्यो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आयो । हामीले निर्वाचनमा भाग लियौँ । विशेष अधिवेशन अगाडि, पछाडि कसले भाग लियो कसले लिएन भन्ने कुरा सकियो,’ उनले भने ।

महाधिवेशनमा कसैलाई पनि पूर्वाग्रहको रूपमा हेर्न नहुने थापाको भनाइ छ । उनले भने, ‘मैले सभापतिको रूपमा गाडी हाँकेको छु । अब यो गाडी रोकिँदैन । मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन । मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौँ ।’

प्रतिक्रिया दिनुहोस्