Logo
Logo

बेथिति हटाउने अभियान प्रधानमन्त्री, मन्त्री र सचिवबाट शुरु गर्नुपर्छ : महावीर पुन


441
Shares

काठमाडौं । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले बेथितिहरु हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवबाट शुरु गरिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले अब आउने दिनहरुमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी, चाकरीवाज, भनसुनवाद सबै बेथितिहरु हटाउने अभियान प्रधानमन्त्री सहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवहरु सहसचिवहरु बाट नै सुरु गर्नुपर्ने बताएका हुन् ।

उनले माथिका सुध्रिए भने तलका सुध्रिने भन्दै नवनिर्वाचित सासंदहरुलाई भनसुनवाद, नातावाद र चाकरीवाज जस्ता नेपाली कुसंस्कारबाट टाढा बस्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्