Logo
Logo

प्रहरीकै जग्गा हिनामिना, डिएसपी नै संरक्षणमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ कात्तिक ।
केही प्रहरीको मिलमेतोमा प्रहरीकै जग्गा समेत हिनामिना भएको खुलेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको करिब पाँच कठ्ठा जग्गा स्थानीय व्यक्तिहरुले प्रहरी मिलेमतोमै कब्जा गरेका छन् ।


दुई वर्षअघि इप्रका कोहलपुरका तत्कालिन डिएसपी रमेशबहादुर सिंहको मिलेमतोमा जग्गा हिनामिना भएको हो । कोहलपुर नगर विकास समितले प्रहरीलाई दिएको कित्ता नम्बर २१८ को जग्गा व्यक्तिहरुले कब्जा गरेका छन् । पूर्व दक्षिणतर्फ जग्गा व्यक्तिहरुले प्रयोग गर्दै आएका थिए ।
प्रहरीको जग्गामा पर्खाल बनाइदिने बहानामा तत्कालिन डिएसपीले सो जग्गा केही स्थानीयलाई दिएका थिए ।
त्यसमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । त्यो जग्गा फिर्ता ल्याउन त्यसपछिका डिएसपीले पनि पहल गरेका छैनन् । अहिलेका डिएसपी कुलदिप चन्दले पनि जग्गा हडप्नेलाई नै संरक्षण गरिरहेका छन् । यससम्बन्धमा गृह मन्त्रालयमा समेत उजुरी परेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्