Logo
Logo

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी सुरुवात


630
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।

The current image has no alternative text. The file name is: rcb.jpg

शनिवार यस सिजनको आइपिएलको पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले सर्बाधिक ६९ रन बनाएका थिए भने देवदत्त पाडिकलले ६१ र कप्तान रजत पाटीदारले ३१ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सनराइजर्सले इशान किशनको ८० र अनिकेत बर्माको ४३ रनको सहयोगले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्सले यस सिजनमा विजयी सुरुवात गरेको छ । आइपिएल अन्तर्गत अब भोली मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच हुदैछ ।

प्रतिक्रिया दिनुहोस्