Logo
Logo

साफ यू-२० च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जित्यो, भारत पराजित


630
Shares

काठमाडौं । साफ यू–२० च्याम्पियनशिपको उपाधि बङ्गलादेशले जितेको छ ।

हिजो माल्दिभ्सको मालेमा भएको फाइनल खेलमा भारत पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भयो ।

निर्धारण समयको खेलमा गोलरहित बराबरी भएको थियो । बङ्गलादेशले दोस्रो पटक उपाधि जितेको हो । यसअघि उसले सन् २०२४ मा नेपाललाई ४–१ ले हराउँदै उपाधि जितेको थियो ।

यस पटक सेमिफाइनलमा बङ्गलादेशले नेपाललाई र भारतले भूटानलाई हराउँदै फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणमा श्रीलङ्का र भूटानलाई हराएको थियो भने घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्