Logo
Logo

काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरीको कडा कारबाही, १८ पक्राउ (सूचीसहित)


2.8k
Shares

काठमाडौं । प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई पक्राउ गरेको छ ।

अभियान सुरु गरेसँगै गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न क्षेत्रबाट १९५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले १८ जना गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरेका हुन् । तीमध्ये अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसर काठमाडौंले ५ जनालाई नियन्त्रणमा लिएको छ ।

अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका १३ जना:

– सजिंव लामा, काभ्रे, नमोबुद्ध–१
– अशोक गिरी, सिन्धुपाल्चोक, मेलम्ची–७
– वकिल वम, कालिकोट, पलाता
– सुरेश गुरुङ (किमजोङ), खोटाङ, एंसेलुखर्क–१
– संजिव राई, खोटाङ, एंसेलुखर्क–२
– राजकुमार तामाङ, काभ्रे, पाँचखाल–४
– बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०
– शेर्पा लामा, काभ्रे, चौरिदेउराली–७
– राहुल राई, खोटाङ, कपिलासगढी
– समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४
– सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५
– वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१०
– महेश महत, ललितपुर, महाङ्काल

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका ५ जना:

– प्रविण तामाङ (डिम्पल): श्याम लामा समूहमा सक्रिय रही बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्दै आएको
– बिर्जु महर्जन: कलंकी–बाफल क्षेत्रमा गुण्डागर्दीमा संलग्न
– सुजन कार्की: कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा सक्रिय
– सरु हुमागाईं: स्यूचाटार क्षेत्रमा सक्रिय, पछिल्लो समय नयाँ ग्याङ निर्माणमा लागेको
– विकि लामा: बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न

प्रतिक्रिया दिनुहोस्