Logo
Logo

कोशी प्रदेशमाथि गण्डकी ३९ रनले विजयी


441
Shares

काठमाडौं । गण्डकी प्रदेशले जारी पीएम कपमा कोशी प्रदेशलाई पराजित गरेको छ । शनिवार सम्पन्न खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: pm-cup.jpg

गण्डकीले दिएको २२८ रनको लक्ष्य पछाएको कोशीले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । कोशीका लागि दिपेश कँडेलले ५२ र आशिष मगरले ३० रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर सिब्रिन श्रेष्ठले ३ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ७ विकेट गुमाएर २२७ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले शतकीय पारी खेल्दै १०२ रन बनाएका थिए भने कप्तान विपिन खत्रीले अविजित ७६ रन बनाएका थिए ।

त्यस्तै कोशी प्रदेशका दिपेश कँडेलले ४ विकेट लिएका थिए । यो जितपछि गण्डकी प्रदेशको ६ खेलमा ५ अङ्क भएको छ र सातौँ स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशको भने ६ खेलमा यो पाँचौँ हार हो ।

प्रतिक्रिया दिनुहोस्