काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । शनिवार सम्पन्न क्वाटरफाइनलको खेलमा लिभरपुललाई ४९० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हलाण्डले ह्याट्रिक गरेका थिए । उनले खेलको ३९औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए भने त्यसपछि खेलको पहिलो हाफको इन्जुरी समयमा दोस्रो र खेलको ५७औँ मिनेटमा तेस्रो गोल गरेका थिए । त्यस्तै सिटीका लागि अर्को गोल एन्टोनी सेमेनियोले गरेका थिए ।
एफए कपको क्वाटरफाइनलका अन्य खेलमा चेल्सी र पोर्ट भाले, साउथहम्पटन र आर्सनल तथा वेस्ट ह्याम युनाइटेड र लिड्स युनाइटेड प्रतिष्पर्धा गर्दै छन् ।











