Logo
Logo

 सेयर बजार दोहोरो अङ्कले घट्यो


378
Shares

काठमाडौं । शुक्रवार सेयर बजार परिसुचक नेप्से १३.४६ अङ्क घटेको छ । आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रवार सेयर कारोबार हुन थालेको छ । शुक्रवारको कारोबारपछि नेप्से परिसूचक २८३७  विन्दुमा पुगेको छ । 

The current image has no alternative text. The file name is: Share-market-down.jpg

आज नेप्सेसँगै कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९९ करोडको भयो ।५६ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने तीनको स्थिर रह्यो । समग्र बजार घट्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५९ प्रतिशत (१८२ अङ्क) बढेको छ । 

आज उत्पादनबाहेक हाइड्रोपावर समूह ०.०८ प्रतिशत बढ्यो । अरु सबै समूहका सूचक घटेका छन् । बैङ्किङ ०.७४, विकास बैङ्क ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशतले घटेको छ । 

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक छन् । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ९.३६, हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशत मूल्य बढेको छ ।  माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.०४ प्रतिशत घट्यो । 

प्रतिक्रिया दिनुहोस्