Logo
Logo

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै


756
Shares

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो । 

The current image has no alternative text. The file name is: arrested-3.jpg

अभियानअन्तर्गत शुक्रवार मात्रै दश जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

यस्तै, गत बिहीबार चेक अनादर कसुरमा नौ जना र मङ्गलवार चेक अनादर र चोरी मुद्दामा गरी छ जना फरार प्रतिवादी पक्राउ परेका थिए । शुक्रवार पक्राउ परेकामध्ये चेक अनादर कसुरमा सात, बैंकिङ कसुरमा एक जना र केही सार्वजनिक कसुरमा एक जना रहेको बस्नेतले बताए । पक्राउ परेकाबाट सात दिन कैद सजाय र रु १४ लाख २९ हजार २०० जरिवाना असुल हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए । 

गत मङ्लबार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका पाँच र चोरी मुद्दाका एक फरार प्रतिवादीबाट एक वर्ष कैद र रु १६ हजार रुपैयाँ जरिवाना असुल उपर हुने जनाइएको छ । चेक अनादर कसुरमा गत बिहीबार पक्राउ परेका नौ जनाबाट सात दिन कैद सजाय र रु ६४ हजार ८०० जरिवाना असुल हुनेगरी जिल्ला अदालतमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्