Logo
Logo

संविधान माथि छेडखानी हुन थाले प्रतिवादमा उत्रिन्छौँ : प्रचण्ड


756
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान भित्र रहेर सरकारले गर्ने काममा आफूहरूले रचनात्मक र सकारात्मक ढङ्गले सघाउने बताएका छन् । पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै संविधान माथि छेडखानी हुन थाले प्रतिवादमा उत्रिने बताए ।

उनले भने, ‘नेपाल राष्ट्रको राष्ट्रिय हित माथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी चाहिँ त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौँ। हामीले यो स्पष्टसँग सुरुदेखि नै भन्दै आएका छौँ ।’

अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको बताए ।

उनले भने , ‘जनताले लामो सङ्घर्ष ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू जनवर्गका अधिकार माथि कुनै किसिमको छेडखानी नगरियोस्। अझ त्यसमाथि संविधान संशोधनका पनि कुरा चलेका छन् । संविधान संशोधनका हामी विरोधी छैनौँ । तर त्यो संशोधन महिलाहरूको अधिकार थप्नको लागि हुन पर्‍यो, जनतालाई अधिकार थप्नको लागि हुन पर्‍यो खोस्नलाई होइन ।’

प्रतिक्रिया दिनुहोस्