काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ चीनको सिचुवान प्रान्तस्थित लेसनमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन् ।

महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका पहिलो वरीयताप्राप्त काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग प्रतिस्पर्धात्मक खेलमा २-१ अङ्कले पराजित भएपछि रजत पदकमा चित्त बुझाएकी छन् ।
फाइनल पुग्ने क्रममा एरिकाले शनिबार सेमिफाइनलमा १२औँ वरीयताकी इटालीकी फेराकुटी क्लिओलाई ८-३ अङ्कले पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । यो तौल समुहमा स्लोभेनियाकी मारिया जिब्रेट जालाले कांस्य पदक जितेकी छन् ।










