Logo
Logo

गृहमन्त्री सुधन गुरुङको झण्डै साढे ४ करोडको सेयर


1.9k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सेयर बजारमा ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी गरेको देखिएको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो ।

उक्त विवरणअनुसार, गुरुङको कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको लगानी सेयर बजारमा रहेको उल्लेख छ ।

विवरणमा होप होल्डिङ्स प्रालिमा उनको ३० हजार कित्ता साधारण सेयर रहेको जनाइएको छ, जसको मूल्य ३० लाख रुपैयाँ छ । त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता साधारण सेयर रहेको र यसको मूल्य ५७ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

गुरुङले सबैभन्दा ठूलो लगानी ‘धितोपत्र बजारमा कारोबार हुने सेयर’ शीर्षकअन्तर्गत देखाएका छन् । व्यवसायिक तथा पैत्रिक स्रोतबाट आएको उल्लेख गर्दै उनले यस शीर्षकमा २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी रहेको जनाएका छन् ।

यसैगरी, एड्भेन्चर भिल्ला प्रालिमा पनि उनको ७० हजार कित्ता सेयर रहेको उल्लेख छ, जसको मूल्य ७० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्