Logo
Logo

रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा


1.6k
Shares

काठमाडौँ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । लामिछानेको निवेदनमा जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासले वारेस राख्ने अनुमति दिएको हो ।

सभापति लामिछानेले आफू बिरामी भई काबुबाहिरको परिस्थिति भएको उल्लेख गर्दै निवेदन दिएपछि अदालतले वारेस राख्ने अनुमति दिएको हो । अदालतको आदेश अनुसार अब लामिछानेले मुद्दाको तारिखमा आफैँ चितवन अदालत जानुपर्दैन ।

अदालतले मुद्दामा प्रतिवादी रहेका लामिछानेले त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई पेस गरेका थिए । इजलासले अदालतको रिपोर्ट हेरेपछि वारेस राख्ने अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्