Logo
Logo

प्रधानमन्त्री कप : गण्डकी प्रदेश कर्णाली विरुद्ध ९ विकेटले विजयी   


189
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेश गण्डकी प्रदेशसँग नौ विकेटले पराजित भएको छ ।  वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई नौ विकेटले हराएको हो । 

कर्णालीले २५ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७२ रन जोडेको थियो । कर्णालीका प्रकाश जोशीले ३६ बलमा १५ रन जोडेका थिए । त्यस्तै, कर्णालीका दिवन पुनले २७ बलमा १४ रन जोडे । गण्डकी प्रदेशका विपिन खत्रीले पाँच विकेट र अपराजित पौडेलले तीन विकेट लिएका थिए । 

जवाफी ब्याटिङ्मा उत्रिएको गण्डकीले १३ ओभरमा एक विकेट गुमाउँदै ७४ रन जोडेको थियो । गण्डकीका तर्फबाट सिब्रिन श्रेष्ठले ३४ बलमा ४० रन र दीपक डुमे्रले १८ बलमा २२ रन जोडेका थिए । कर्णाली प्रदेशका विपिन शर्माले एक विकेट लिएका थिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल  वैशाख ४ गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्